भोगाई
October 10, 2016
बिश्वमा लेखन मात्र एउटा यस्तो माध्यम हो जसबाट कुनैपनि मानिसले आफ्नो बिचार राम्रोसंग अथवा खुल्ला रुपमा व्यक्त गर्न सक्छ। मानब जीवन एउटा उपन्यास हो नलेखिएको ब्यग्लै उपन्यास यो उपन्यास को एउटा पात्रले भोगेको एउटा कथा लाई व्यक्त गर्नु एउटा चुनौती हो र म यो चुनौती को सामाधान गर्छु लेखन बाट।
शिवहरि एउटा यस्तो किसान हो, जसले जीवन भोगेको छ, अनि जीवन ले उसलाई। आजको उसको शरीर जीवन भोगाईसंगै बुढो भैसकेको छ। लाग्छ उसको शरीरको प्रत्येक अंगमा जीवन भोगाईका शब्दहरु कोरिएका छन्। शरीर बुढो छ । ऊ र ऊ जस्तै अरुको पनि तर जीवन र जीवन भोगाई के उस्तै होला ? उसको भोगाई जीवनभर दुखको भोगाई, परिश्रम र इमानको भोगाई, आज महल बस्नेसंग दाज्न के सकिन्छ र ?
अह सकिदैन किनभने त्यो सम्पन्न पात्र भित्र शिवहरिको जस्तै अनुहारमा काला धब्बा, दुख र दमनका रेखाहरु भेटिदैनन। जीवन को उत्तराधमा शिवहरिको दर्शन, शिक्षा, वा पूझी जे भनेपनि उसको लागि मिहेनत र परिश्रम हो। अनि उसले बुझेको पनि त्यहि नै हो। ऊ परिश्रम गर्छ र परिश्रममै दर्शन भेट्छ। के उसो भए उसको जीवन भोगाई सानो हो त। अवश्य होइन। साच्ची शिवहरिले समय कसरि भोग्यो त।
ऊ सधै भन्ने गर्छ, “किसानले आफ्नो पेट त भर्छ नै उसले अरुको पेट पनि भरेको हुन्छ” मलाई उसको यो कुराले मन छोएको छ। कहाँबाट सिकेको छ हॅ शिवहरिले यस्ता कुरा। के उसले दर्शनको बारेमा जानेको छ या ऊ आफैँ दर्शन जिइरहेको छ। उसको जीवन सामान्य छ। ऊ मिहेनत गर्छ र त्यसैमा खुशी भेट्छ। हो यो पैसे दुनिया उसको खिल्ली उडाउछ। ऊ मुसुक्क हास्छ। समाज उसलाई पैसाले दिन सक्ने चिजको बर्णन गर्न ब्यस्त हुन्छ। उसमा घमण्ड छैन सुनिदिन्छ। समाज यसमा पनि विवशताको Tag झुन्डाइदिन्छ बिचरा दुनिया के बुझोस् शिवहरिको जीवन दर्शन। शिवहरि नबोली दर्शन बताइरहेछ समाज उसको खिल्ली उढाइरहेछ।
पैसे दुनियाको दृष्टिले हेर्दा शिवहरि गरिब छ। उसंग केहि छैन तर बिचारको दृष्टिले ऊ सम्पन्न छ। ऊ बिचारलाई व्यवहारमा बदल्न पनि सक्दछ। ऊ त्यहि बिचारलाई मिहिनेत र परिश्रममा बदल्छ र माटो लाई दिन्छ। आखिर माटो पनि त दर्शन हो ऊ विचार लाई दर्शनमा बदल्छ। दर्शनले उसलाई जिउन सिकाउछ। ऊ जिउछ आफ्नो लागि नभई दुनियाको लागि।
शिवहरि एउटा खुल्ला पुस्तक हो, जसलाई पढ्नुमा एउटा तरङ्ग पैदा हुन्छ। अनि पुस्तक प्रति प्रेम पनि। पुस्तक कहिल्यै नराम्रो हुदैन। पुस्तक भनेको ज्ञान हो। के ज्ञान कतै नराम्रो हुन्छ र ? तर थाहा छैन शिवहरि किन नराम्रो हुन पुग्यो त ?
आज हाट बजार लाग्ने दिन रे। शिवहरि आफुले उब्जाएको खाध्यान्न बेच्न जादै छ। ऊ एकदमै खुशी छ। उसमा मिहिनेत गरेको फल पाउने आशा छ। कस्तो विरोधाभाष फलको आश रे संमाज उसको अगाडि गीता तेर्साउछ। ऊ फेरी पनि हास्छ। समाज उसलाई गालि गर्छ। तर उसमा भने फलको आश रहिरहन्छ। के ऊ गीताको कुरा सुन्छ। होइन उसले आफ्नो परिवार पाल्नु छ, अनि जीवन भोग्नु छ।
समय संग खिचिदै जीवन जिइरहेको छ ऊ। उसको जीवन दुख नै ढुख ले भरिएको छ। ऊ गाउँमा फैलिएको माहामारीको चपेटामा परेको छ, अनि उसको परिवार पनि। तर खै त्यो पैसै दुनिया जो गीता तेरसाईरहेथ्यो, खै मानवता ऊ भोकै छ। उसको दर्शन माथि खिल्ली उडाउने हरु आज हेर उसले परिश्रम नगर्दा भोकै मर्नु पर्ने दिन आएको छ। कता हराए माक्क, लेलिन अनि माओका सिदान्त हरु। अनि त्यो शिवहरि को दर्शन। शिवहरि तैले आज पाठ सिकिस तैले परिश्रम को फल भोगिस अब बुझिस् होला गीताले फलको आश नगर भन्नु को अभिप्राय। बल्ल खा तै त होस् जसले फलको आश गरेको खुच्चिङ शिवहरि खुच्चिङ।
शिवहरिको मृत्यु भयो रे, त्यो पनि माहामारीले नभई भोकमरीले। जसले जीवनभरि अन्न उब्जनी गर्य्यो ऊ नै भोकमरीले मर्नु पर्यो रे । कस्तो न्याय तेरो। आज एउटा दर्शन बिलिन भयो, परिश्रम बिलिन भयो, इमान्दारिताका बिलिन भयो। शिवहरि बिलिन भए। धर्म बिलिन भयो। मात्र पैसेहरुको उदय भयो। नीचताको उदय भयो, कपटताको उदय भयो। आखिरीमा यो युगको फल मिल्यो। शिवहरि लाई उसको फल मिल्यो र उसको भोगाईको अन्त्य।