केटि साथि
October 9, 2016
भोगाई आउनु अगी धरै कथा हरु लेखिएका थिए तर सुरुवात यो कथा बाट भएको थियो। जीवन को पहिलो कथा त्यति राम्रो नहुन पनि सक्छ तर यो नै कथा लेखन को श्री गढ़ेश थियो।
“हेलो रमेश मलाई भेट्न आउ है” फोनको दोस्रो भागमा स्मृति बोल्दै थिइ। “मलाई तिमि संग केहि भन्नु छ” स्मृति बोल्दै गई “सुन्धारा धरहरा मुनि म तिमि लाई पर्खी रहने छु ठिक ११:०० बजे बेलैमा आउ है” यति भनि स्मृतिले फोन राखिदिई। “मलाई तिमि संग एउटा कुरा भन्नु छ” स्मृतिले फोन राखेको पाच मिनेट बितिसक्दा पनि मेरो दिमागमा यही एउटा वाक्य गुन्जिरहेको थियो। के होला त्यो कुरा? के भन्न खोजेकी होलि स्मृति ले? किन आज अचानक? मेरो दिमाग मा अनेक कुरा हरु खलिरहेका थिए। घडी हेरे ११ बज्न ३ घण्टा बाकि थियो। आफूलाई ऐनामा हेरे। मुसुक्क हासे र आफैँ संग बोल्न थाले रमेश आज तेरो लागि तिन घण्टा तिन बर्ष जति लाग्ने छ। हुन पनि हो स्मृतिको फोन आए देखि मेरो मन ठेगानमा थिएन र गुन्जिरहेको थियो उही वाक्य “मलाई भेट्न आउ है रमेश तिमि संग एउटा कुरा भन्नु छ” स्मृति मेरो कक्षा कि केटि थिइ एकदमै राम्री र चलाख पनि। ऊ मेरी एकदमै मिल्ने साथि थिइ र थियो बिमल पनि। हो स्मृति बिमल भन्दा अलि पछी मेरो जिन्दगीमा आएकी थिइ तर खै किन हो म उसलाई बिमल भन्दा पनि बढी बिश्वास गर्दथिए र गर्दथी ऊ पनि। आज अचानक किन बोलाइ स्मृतिले म मनमनै सोच्दै गए कतै ऊ मलाई प्रेम त गर्दिन। हुन पनि सक्छ म बिरामी पर्दा ऊ मलाई भेट्न घरमै त आएको थिइ। छि म पनि कस्तो साथीको नाताले आएकी पनि त हुन सक्छ अनि उसको साथ बिमल पनि त आएको थियो। सोच्दै गए अनि अस्ति त हो अप्रिल फुलको दिन मेरो हात भाचियो भेट्न आउ न त भनि फोन गर्दा पनि त ऊ कस्तरी रोएकी थिइ र मलाई भेट्न आएकी थिइ। अनि हिजो को कुरा त हो म र बिमलले होमवोर्क नगरी सरले कक्षा बाट निकाली दिदा उसले पनि नगरेको बाहाना पारि हामि संगै आएकी थिइ।
एकपटक घडी हेरे दुइ घण्टा बाकि थियो छि आज घडी बिग्रेको छ कि क्या हो। बैठक कोठामा गइ भित्ते घडी हेरे हो रहेछ अझै दुइ घण्टा बाकि नै थियो। एक पटक फेरी मुस्कुराए सोच्न थाले प्रेमको खेल। हो म स्मृति लाई प्रेम गर्थे तर मा उसलाई भन्न सकेको थिएन र साएद भन्ने पनि थिएन होला। मलाई उ पहिलो झलक मै राम्रो लागेकी थिई। उसको ओठ, कपाल र आँखा एकदमै राम्रो लाग्थ्यो मलाई र अझै राम्रो लाग्थ्यो उसको रिसाउने बानी। पढाईमा त म निकम्मानै थिए तर उसको संगतले गर्दा म अलि पढन थालेको थिए। उ हरेक जसो मेरो निकम्मापन को कारण नै रिसाउथी र मलाई पद्नुपर्छ भन्ने पनि गर्थी। कतै उ काठमाण्डौ छोडेर जान लागेकी त होइन। मेरो अगाडी अन्धकार छायो म निरास भए। हो अस्ति त उसले आफ्नो बुबाको बुटवल सरुवा भएको र परिवार बुटवल जान सक्ने कुरा पनि त गरेकी थिइ। जादिन होला म सोच्दै गए। उसको बुवाले घर किन्ने कुरा पनि त गरेको थियो। सायद उसले आफ्नो नया घर देखाउनत बोलाएकी हुन पनि त सक्छ, आखिर ऊ आफ्नो सबै कुरा त भन्छे म संग। फेरी घडी हेरे एक घण्टा बाकी थियो। तयार त म उसको फोन आएदेखि नै भइसकेको थिए(दुइ घण्टा अगाडि) निस्के घर बाट। मम्मीले खाना खाएर जा भन्दै हुनु हुन्थ्यो। तर भोक छैन भनि खाना पनि नखाई हिडे स्मृतिलाई भेट्न। किन भोक लाग्थ्यो र आज जबकी मन डर र खुशीले भरिएको थियो। बीस मिनेट छिटो पुगेछु स्मृति आएकै थिइन। फेरी सोच्न थाले। कतै ऊ मलाई नै थाहा नभएको उसको boyfriend संग भेट गराउन त बोलाइन के थाहा स्मृति राम्री छे केहि हुन पनि त सक्छ नि। फेरी सोचे। छैन होला उ मलाई केहि कुरा पनि त लुकाउदीन कोहि थियो भने ऊ त मलाई भनि हाल्थी नि। आफ्नो मनलाई अभ्यस्त पारे। उसलाई purpose गरु कि। गर्दिन भो। फेरी ऊ रिसाई भने। नाइँ मा उसलाई गुमाउन चाहान्न। “रमेश” कसले बोलायो ह! यता उति हेरे। स्मृति पो रहिछ। एक्लै देखे उसलाई boyfriend को कुराले त फेल पो खायो। “कति छिटो आएछौ सधै ढिलो गर्थ्यौ त” ऊ बोल्दै थिई। “आज रेकर्ड बनाउछु भनेर नि”
दुवै हास्यौ। केहि कुरा भन्नु छ क्याफेमा जाउँन त। दुबैजना क्याफे तिर लाग्यौ। “भन आज किन एकाक्सी बोलाएको” ऊ एकदमै खुशी देखिन्थि तर मेरो मनको ढुकढुकी बढिरहेको थियो र आशा गरेको थिए ऊ केहि नराम्रो कुरा नगरोस्। ऊ बोल्दै गइ। तर बिडम्बना जति ऊ बोल्दै गइ त्यति मेरो अगाडि अन्धकार छाउदै गयो म अन्धकारको भुमरीमा पस्दै गए, जमिन भासिएको जस्तो भान भयो केहि सुन्नै नसक्ने स्त्तिथिमा पुगे। जसोतसो उसको अगाडि आफूलाई सम्हाले। ऊ बोल्दै थिइ। I am in love with bimal म बिमललाई मन पराउछु love you bimal love you.