जिन्दगी उराठलाग्दो छ यहाँ

पानि परिरहेछ ।

कोहि रोएको सुन्छु सुक्क सुक्क

बचनको भारले थिचिएर ।

कालो बादल जस्ता आखा तिम्रा ।

नुलिलो पानीले रसाएर

दुखको बिज रोपिरहेछौ

अमृतको आस मनमा लिएर ।

कसैले देख्छ कि भनि सुस्त तिमीले आसु पुस्दा ।

दुखको भारलाई बिसाएर अरुको सामु मुस्कुराउन खोज्दा ।

उराठलाग्दो एउटा तस्बिर देख्छु

फुलिरहेछ गुलाब एउटा मरभूमिको माझमा ।