मरभूमिको माझमा
December 15, 2016
जिन्दगी उराठलाग्दो छ यहाँ
पानि परिरहेछ ।
कोहि रोएको सुन्छु सुक्क सुक्क
बचनको भारले थिचिएर ।
कालो बादल जस्ता आखा तिम्रा ।
नुलिलो पानीले रसाएर
दुखको बिज रोपिरहेछौ
अमृतको आस मनमा लिएर ।
कसैले देख्छ कि भनि सुस्त तिमीले आसु पुस्दा ।
दुखको भारलाई बिसाएर अरुको सामु मुस्कुराउन खोज्दा ।
उराठलाग्दो एउटा तस्बिर देख्छु
फुलिरहेछ गुलाब एउटा मरभूमिको माझमा ।