म को हु
केहो मेरो परिचय थाह छैन मलाइ
के म लाल सलाम भन्ने हरुको सेना हु
वा पुजिबादिहरु को कार्यकर्ता
वा हु कम्युनिष्ट हरु को निति मा बिश्वास गर्ने पात्र
मलाइ थाह छैन हु कि म राजाबादि को दलाल
हैन हैन म हु पुस्तकालय जलाउने बिधार्थि
वा हु क्याम्पस मा राजनिति गर्ने पात्र
वा हु बाटो मा टायर जलाउने प्रतिनिधि
मलाइ थाहा छैन हु कि भस्टाचार गर्ने राजनिज्ञ
म हुन पनि त सक्छु रामायणको राम
वा हुन पनि सक्छु माहाभारत लेक्ने वेदव्यास
वा हुन पनि सक्छु गीताको वाचन गर्ने कृष्ण
मलाई थाहा छैन हुकी सत्यको लागि आफ्नै दाजुभाइ मर्ने आर्जुन
मलाई के थाहा कतै मा भित्र लुकेको छ कि हिटलार को आत्मा
वा छ कि म मा पनि मदर टेरेसा को जस्तो मन
वा म मा पनि युध्द को चाहाना गर्ने नेपोलियन छ कि
मलाई थाहा छैन हुन पनि सक्छु युध्द मन नपराउने डुंइनाड
मलाई के थाहा छ र म मा पनि छ कि प्लेटोको वुद्धि
वा म मा पनि कतै दौडिन्छ कि गान्धीको नीति
के थाहा म पनि हकी क्रिस्ट जस्तो इश्वरको पुत्र
मलाई थाहा छैन हुन पनि सक्छु म २१औं सताब्दी को बुद्ध
कसलाई के थाहा म हुकी देशको रक्षाको लागि ज्यान दिने बलभद्र
वा हुकी कलाकारिता बाट शान्ति फैलाउने अरनिको
वा म नै हु कि एक सच्चा पतिबर्ता नारि सिता
मलाई थाहा छैन हुन पनि सक्छु सगरमाथा छिचोल्ने तेन्जिङ नोर्ब सेर्पा
अन्त्यमा
सोच्छु म को हु भनि
भबिस्यमा छ उत्तर भबिस्य लाईनै सुम्पिदिन्छु म फेरी।