जब म अँखा बन्द गर्छु

तब देख्छु यउटा सुन्दर संसार

जसमा म भेटछु

राष्ट्रियता

मानवता

स्वाधीनता र

स्वतन्त्रता

तर जब म अँखा खोल्छु

तब देख्छु उहीँ भद्रगोल अवस्था

सुन्छु मन को यो चर्को रोदन

महसुस गर्छु पिडा बल्झिएको

उहीँ दोन्द्व को घाउ को

तैपनि आजकल म सुन्ने गर्छु उहीँ

स्वतन्त्रता

मानवता

राष्ट्रियता र

अधिकार का चर्का नारा हरु

आजकाल म देख्ने गर्छु

विकासवादी सिद्धान्त का प्याम्पलेट हरु

हेर ती कलिला आत्मा का अँखा हरु

देख्ने छौ आ‌सा का बिसाल महासागर हरु

हेर ति कलिला हात हरु भेट्ने छौ

विशाल नक्सा एउटा समृद्ध देश को

अब त अँखा खोल

अझै कति बेच्छै तिमि यी नाराहरु

अझै कति गछौ हत्या सपनाहरू को

एकपटक राम्रो संग बिचार गर त

कतै तिमि

केहि मेटिरहेका त छैनौ

या केहि सुकाइरहेका त छैनौ।